देशभर ६७.३ प्रतिशत रोपाइँ



काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको बताइएको छ ।

जसमध्ये कोशी प्रदेशमा ६१.७ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यस्तै मधेस प्रदेशमा ६१.५ प्रतिशत, बागमती प्रदेशमा ६९.२ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, लुम्बिनी प्रदेशमा ६६.७ प्रतिशत, कर्णाली प्रदेशमा ७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पछिल्लो साता देशभर पानी परेकाले गत साताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको बताए । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।


क्लिकमान्डु