एमालेले टुंग्यायो ८ मन्त्रीः अर्थमा पौडेल, सञ्चारमा गुरुङ



काठमाडौं । नेकपा एमालेले मन्त्रीको नाम टुंग्याएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा एमालेबाट ८ मन्त्रीको नाम टुंगिएको हो । जसमा केही पुराना अुनसार समेत रहेका छन् । केही भने नयाँ रहेका छन् ।

उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारीको नाम टुंगो लागेको छ ।

यस्तै शिक्षा मन्त्रीमा विद्या भट्टराई, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी, सङ्घीय मामिलामा राजकुमार गुप्ता र मानवीर राईलाई रक्षा दिने स्रोतको दाबी छ । यो पटक भण्डारी र अधिकारी दोहोरिएका छन् ।


क्लिकमान्डु