एक्साइड ब्याट्रीका डिलरहरुलाई सिप्रदीले जापान भ्रमण गरायो



काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना च्यानल पार्टनरहरुलाई सातदिने जापान भ्रमण गराएको छ ।

भ्रमणमा तिरुपति बालाजी टायर वर्ल्ड, भट्टराई एण्ड ब्रदर्स सप्लायर्स, आरबी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स, शिव शक्ति सप्लायर्स, चण्डेश्वरी इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सप्लायर्स र आँचल इलोक्ट्रोनिक्स ट्रेडका प्रतिनिधिहरु सहभागी थिए ।

एक्साइड ब्याट्रीका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीको नेतृत्वमा रहेको टोलीले जापान भ्रमणको क्रममा च्यानल पार्टनरहरुलाई मायाको चिनो पनि प्रदान गरेको थियो ।

भ्रमणका क्रममा प्रतिनिधिहरुले जापानको प्रमुख सहर टोकियो, ओसाका र नारितामा अवस्थित विभिन्न पर्यटकीय आकर्षणहरुको अवलोकन गरेका थिए ।

यसअघि सिप्रदीले च्यानल पार्टनरहरुलाई युरोप भ्रमण गराएको थियो । एक्साइड ब्याट्रीका अनुसार यस्ता भ्रमणहरुले कम्पनी र च्यानल पार्टनरबीचको सम्बन्ध अझ बलियो र पारस्परिक बनाउने अपेक्षा गरिएको छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु