बालकोटमा एमालेको पदाधिकारी वैठक



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा उपलब्ध पदाधिकारीको बैठक बसिरहेको छ । सरकार परिवर्तनको चर्चामाझ एमाले पदाधिकारी वैठक बसेको हो ।

स्रोतका अनुसार बालकोटमा उच्च तहका नेताहरुबीच छलफल भइरहेको हो । एमालेमा ओलीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेल लगायतका पदाधिकारी छन् ।

केही समयअघि सरकारमा एमालेको नेतृत्व गरिरहेका पदाधिकारी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बालकोट पुगेका थिए ।


क्लिकमान्डु