ओलीले बोलाएपछि उपप्रधानमन्त्री महासेठ बालकोटमा



काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बालकोट पुगेका छन् । सत्ता परिवर्तनको हल्लामाझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएपछि महासेठ ओली निवास पुगेका हुन् ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को बैठक सकेर उनी बालकोट पुगेका हुन् । महासेठसँगै कानुनमन्त्री पदम गिरी पनि बालकोट पुगेका छन् ।

हिजोदेखि कांग्रेस–एमाले गठबन्धनमा सरकार बनाउने विषयमा दुई दलबीच तीब्र छलफलछ । यस्तो परिवेशमा ओलीले बोलाएर महासेठ बालकोट पुग्नुलाई महत्त्वका साथ हेरिएको छ ।
बालकोटमा एमाले उपाध्यक्ष विष्णु पौडेल पनि छन् ।


क्लिकमान्डु