मन्त्रिपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्छः देवेन्द्र दाहाल



काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले मन्त्रिपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य दाहालले अर्थमन्त्रालयले बजेट रकामान्तर गर्ने भन्दा पनि मन्त्रिपरिषद्ले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले बजेट रकामान्तर गर्ने सम्बन्धमा अर्थमन्त्रलयले सिधै गर्ने प्रावधान राखेको भन्दै त्यसलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मात्रै गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।

उनले विनियोजित बजेटको संकेत नम्बर ८०१ मा विनियोजन भएको वित्तीय समानिकरण अनुदान रकम कटौती नगर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।


क्लिकमान्डु