कालिमाटी तरकारी बजारमा आज : ६ दिनमै प्याजमा १९ रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य यस्तो छ



काठमाडौं । कालिमाटी बजारमा बुधबार सुकेको प्याजमा उच्च मूल्य बृद्धि भएको छ ।

६ दिन अघिसम्म ८३ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको प्याजको मूल्यमा क्रमिक रुपमा बृद्धि हुँदै गएर मंगलबार ९८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

बुधबारसम्म आइपुग्दा प्रतिकिलोमा ४ रुपैयाँ बृद्धि भएर प्रतिकिलो १०२ रुपैयाँमा बिक्री भएको छ । यस्तै स्वदेशी ठूलो गोलभेडा ६६.६७, स्वदेशी सानो गोलभेडा १०, स्वदेशी टनेलको सानो गोलभेडा १६, रातो आलु ५७, मुढे रातो आलु ५१.३३, गाजर ६५, बन्दा ३०, स्थानीय काउली ६५ र ज्यापु काउली ८६.६७ रुपैयाँ प्रतिकिलोमा बुधबार बिक्री भएको छ ।

यस्तै मुला ५६, लाम्चो भान्टा ४६.६७, तने बोडी ६४, घिउ सिमी ६६, घिउ सिमी राजमा ११३, तिते करेला ५६, लौंका ५५, परवर ५६, घिरौला ४६, पाकेको फर्सी ३३, हरियो डल्लो फर्सी २८ र भिण्डी ५६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी स्कुस ५६.६७, रायो साग ४५, तोरीको साग ४५, कन्ये च्याउ १८०, राजा च्याउ २९०, डल्ले च्याउ २८४, ब्रोकाउली ८५, कटहर ४६.६७, अदुवा २६०, भेडे खुर्सानी ४६, अकबरे खुर्सानी ३५० र चाइनिज लसुन २३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु