नलिन्चोक हेलिप्याड सञ्चालनमा, हरेक कम्पनीको एउटा हेली अनिवार्य जानैपर्ने




काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे २ वर्ष लगाएर बनाएको भक्तपुरको नलिन्चोक स्थिति हेलिप्याड आजबाट औपचारिक सुभारम्भ भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त हेलिप्याड पुगेर औपचारिक रुपमा हेलिप्याडको सुरुवात गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेको अनुसार अब काठमाडौंबाट विस्तारै सबै हेलिकप्टर नलिन्चोक जाने छन् । तत्कालका लागि हरेक कम्पनीको कम्तिमा एउटा हेलिकप्टर नलिन्चोकमा रात्री विसान गर्न अनिवार्य जानुपर्ने भएको छ ।

भक्तपुरमा हेलिप्याड बनेपछि काठमाडौं विमास्थलको चाप कम गर्न सहयोग पुग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे २ वर्ष लगाएर हेलिप्याड बनाएको हो । उक्त हेलिप्याडको लागि प्राधिकरणले १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको भएपनि साढे ११ करोडमै हेलिप्याड बनेको प्राधिकरणका प्रवक्ता पाण्डेले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याडमा हाल क्षमताभन्दा बढी हेलिकोप्टर पुगिसकेकोले पनि प्राधिकरणले भक्तपुर स्थानान्तरण गरेको हो ।

हाल हेलिप्याड भएको भित्रुवन विमानस्थलको क्षेत्रमा भने अब आन्तरिक वायुसेवा नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र यति एयरलाइन्सले जहाजको मर्मत संभारसहितको ह्यांगर बनाउने भएका छन् । यी तीनवटै वायुसेवाको लागि ह्यांगर बनाउने गरी उपयुक्त स्थाना प्राधिकरणले तय गरिदिसकेको छ ।


क्लिकमान्डु