बजारमा ६८ अर्ब रुपैयाँ अधिक तरलता, आजै ५० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ प्रशोचन गर्दैछ । अधिक तरलता भएपछि केन्द्रीय बैंकले करिब १ सातापछि यतिको रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर तरलता खिच्न लागेको हो । गत जेठ ३१ र ३२ गते राष्ट्र बैंकले कुुल ६५ अर्ब तरलता प्रशोचन गरेको थियो । त्यसयता २ र ५ गते कुल ५० अर्ब २५ करोड रुपैयाँ बराबरको स्थायी निक्षेप सुविधा प्रदान गरेको छ ।

बजारमा अधिक तरलता भएको बेला केन्द्रिय बैंकले निक्षेप संकलनमार्फत् तरलता प्रशोचन गर्ने गर्छ ।

राष्ट्र बैंकका अनुसार अहिले प्रणालीमा ६८ अर्ब ४५ करोड रुपैयाँ अधिक तरलता छ । यसैगरी १ खर्ब ८३ अर्ब ७० करोड रुपैयाँ बराबरको अधिक तरलता प्रशोचन गरेको छ । जसमध्ये निक्षेप संकलनको उपकरण परिचालन गरी १ खर्ब ३३ अर्ब ४५ करोड आउटस्ट्यान्डिङ छ भने ५० अर्ब २५ करोड रुपैयाँ एसडीएफ आउटस्ट्यान्डिङ छ ।

बिहीबार प्रशोचन हुन लागेको तरलता १४ दिनका लागि हो । यो निक्षेप परिपक्व भएपछि फिर्ता हुनेछ ।


क्लिकमान्डु