‘आर्थिक सुशासनका लागि नोटबन्दी गरौं, ५ सय र हजारमा प्रतिबन्ध लगाऔं’



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्न यस्तो गरिनुपर्ने गुरुङको बुझाइ छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरु प्रतिवन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

उपसभापति गुरुङले भने, ‘आर्थिक सुशासनका लागि यो मेरो प्रस्ताव हो । ५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ ।’ यसो गर्दा सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर आउने उनको तर्क छ ।


क्लिकमान्डु