एकै प्रकृतिका एक भन्दा बढी सहकारीको सदस्यता नलिन विभागको आग्रह



काठमाडौं । सहकारी विभागले एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्यता लिएको भए एक मात्रै सदस्यता कायम राख्न आग्रह गरेको छ ।

सहकारी विभागले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्यता लिएको भए आफुले छनोट गरेको एक मात्रै संस्थाको सदस्यता कायम राखी अन्य संस्थाको सदस्यता अन्त्य गर्न भनेको छ ।

‘सहकारी ऐन, २०७४ दफा ३२ को उपदफा (१) ले कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र कुनै एक संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था गरेको छ’ विभागले सूचनामा भनेको छ, ‘सहकारी ऐनको उक्त प्रावधान विपरित कसैले एकै स्थानीय तहभित्र कार्यससञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरुको सदस्यता लिनुभएको भए आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरुको सदस्यता अन्त्य गर्नुहुन अनुरोध छ ।’

अहिले सहकारीमा समस्या देखिनुका विभिन्न कारण मध्ये दोहोरो सदस्यता पनिक कारक रहेको बताइन्छ ।


क्लिकमान्डु