सडक विभागको जिम्मेवारी रामहरी पोखरेललाई, ढकाल मन्त्रालय तानिए  



काठमाडौं । सडक विभागको महानिर्देशक परिवर्तन भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयले विभागको महानिर्देशकको जिम्मेवारी रामहरी पोखरेललाई दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नेतृत्वमा बैठक बसेको थियो ।

पोखरेल सडक विभागको उपमहानिर्देशकका (योजना महाशाखा) रुपमा कार्यरत थिए ।  सडक विभागका महानिर्देशक सुशिलबाबु ढकाललाई मन्त्रालय तानिएको छ । उनलाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको योजना महाशाखामा कार्यरत उमेशबिन्दु श्रेष्ठलाई सडक विभागको योजना महाशाखाको जिम्मेवारी दिएको छ ।


क्लिकमान्डु