नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २४६औं संञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आइतबारको औपचारिक कार्यक्रममा थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय हेरफेरपछि नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापासँग केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी एक चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि हुने व्यवस्था छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।


क्लिकमान्डु