नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको २४६औं संञ्चालक समितिको बैठकले विश्रुत थापालाई अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्ष थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो । थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ भने उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।


क्लिकमान्डु