साउदी राजकुमारले सुरु गरेको विश्वकै ठूलो ग्रिन हाइड्रोजन परियोजना निर्माण सुरु



एजेन्सी । उदाउँदै गरेको पर्यटकीय गन्तव्यको रुपमा परिचित निओम सहर लग्जरी होटल र आकर्षक भिल्लाको रुपमा मात्रै चिनिएको छैन ।

यहाँ एक विशाल ग्रिन हाइड्रोजन परियोजना बन्दैछ । साउदी राजकुमार मोहम्मद बीन सलमानले बनाउन लागेको विश्वकै सबैभन्दा ठूलो ग्रिन हाइड्रोजन प्लान्ट निर्माण औपचारिक रुपमा सुरु भएको छ । जुन परियोजना २०२६ मा सम्पन्न गर्ने बताइएको छ ।

२०३० सम्ममा ४ मिलियन टन स्वच्छ हाइड्रोजन उत्पादन गर्ने लक्ष्यसाथ ८.४ बिलियन डलर लगानीमा यो परियोजना निर्माण गरिएको हो । यो निर्माण सम्पन्न भएपछि दैनिक रुपमा ६०० टन कार्बन रहित हाइड्रोजन प्रदान गर्छ । जससँग लगभग २० हजार हाइड्रोजन बसहरुलाई बिजुली उत्पादन गर्न सक्ने पर्याप्त क्षमता रहने बताइएको छ ।

यो परियोजनाले सिंगो निओम सहरको स्वरुपलाई नै आमूल परिवर्तन गरिदिने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु