हिमालयन रिले जिआइसीको पुनर्बिमा गर्ने, ३० भन्दा बढी देशमा व्यवसाय विस्तार



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निरन्तररुपमा एकपछि अर्को उपलब्धि हासिल गरेको जनाएको छ ।

भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमै विश्वप्रसिद्ध पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवर्धित कम्पनीप्रति जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको कम्पनीले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतसहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न गरिसकेको छ ।


क्लिकमान्डु