अन्‍नपूर्ण केबलकारमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट



पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकारले प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने भएको छ ।

नयाँ सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीले २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट कार्ड/डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लिमिटेडको तर्फबाट म्यानेजर गणेश सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश संचालन अधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासन अधिकृत सुजल पौडेल लगायतको उपस्थिति थियो ।

अन्नपूर्ण केबलकार प्रालिले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृंखला, फेवाताल, तालबराहीसहित सूर्योदय र सूर्यअस्तको अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।


क्लिकमान्डु