एनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित



काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ सम्मानित भएको छ ।

मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै एनआईसी एशिया बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फाइनान्सले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि एनआईसी एशिया बैंक सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरे वापत यस बैंक २०० आवेदनहरुबीच छानिएको हो । १० विधामा छनोट गरिएकोमा एनआईसी एशिया बैंक इनोभेसन विधामा सम्मानित भएको हो ।

आईसर्भ एनआईसी एशिया बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो । जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

लाखौं ग्राहकमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मार्फत अधिकांश डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकमाझ पुर्‍याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ । एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालयहरू, ६७१ एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।


क्लिकमान्डु