प्रभु बैंकका ग्राहकलाई बाग्लुङका दुई होटलमा छुट



काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बाग्लुङमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने भएका छन् ।

छुट्टाछुट्टै समारोहबीच गरिएको सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ ।

अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट प्वाइन्टको रुपमा चिनिएको बाग्लुङ झोलुङ्गले पुलहरुको जिल्लाको रुपमा पनि परिचित छ । धौलागिरि र अन्नपूर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ ट्रेकिङ, बाइकिङ, र्‍याफ्टिङ तथा साहसिक खेलका लागि पनि आकर्षक गन्तव्य मानिन्छ ।


क्लिकमान्डु