यही अवस्था रहिरहे सबै जेल व्यापारीले भरिन्छ: सांसद महतो



काठमाडौं । प्रतिनिधि सभा सदस्य वीरेन्द्रप्रसाद महतोले देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद महतोले बैंकहरुसँग पैसा भए पनि व्यापारीले लिन नपाएको बताएका छन् ।

‘व्यापारीले समयमा पैसा तिर्न सकिरहेको छैन कालोसूची र कारबाहीको रुपमा जेलमा परिरहेको छ,’ महतोले भने, ‘यस्तै अवस्था रहि रहे जति जेल छन् त्यसमा सबै व्यापारीहरुले भरिन्छ । सरकारको ध्यान गम्भीर रुपमा जानु पर्ने हो गएको छैन ।’

महतोले अर्बौं पैसा शिक्षाका लागि विदेश गइरहेको र नेपालका धेरै विश्विद्यालय र कलेजहरु खाली भइरहेका बताए । शिक्षा क्षेत्रमा पनि सरकारको ध्यान जान नसकेको उनले बताए ।

मिटरव्याजी विधेयक ल्याए पनि त्यो जसरी पनि अर्थ लगाउने मिल्ने खालको भएको टिप्पणी गरे । सजाय पाउनु पर्ने छुट्ने र छुट्नु पर्नेले सजाय पाइरहेको उनले बताए ।ऽ


क्लिकमान्डु