सन्दीपलाई भिसा दिन दबाबका अमेरिकी दूतावास घेर्न गए समर्थक



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै उनी समर्थक प्रदर्शनमा उत्रिएका छन् । टी-२० विश्वकप खेल्न जाने तयारीमा रहेका लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

खेलाडीलाई खेल्न जान दिनु पर्ने माग उनीहरुको छ ।

लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएपछि क्यानले सरकारलाई कुटनीतिक पहल गर्न आग्रह गरेको थियो।

लामिछाने आज भिसाका लागि दूतावास जान लाग्दा समर्थकहरु महाराजगञ्जस्थित अमेरिकी दूतावासतर्फ गएका हुन् ।

लामिछानेलाई भिसा दिन दबाब दिनका लागि नेपालस्थित अमेरिकी राजदूताबास घेर्न समर्थकहरुको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जतर्फ लागेका छन् ।

उनीहरुले लामिछाने हिजो पनि निर्दोस थियो आज पनि निर्दोष छ लगायतका नारा लेखिएका कागज पनि बोकेका छन् । कतिपय प्रदर्शनकारीहरुले नेपालको झण्डा पनि बोकेका छन् ।

क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार आरोपमा सफाइ दिएपछि उनलाई अमेरिका पठाउने तयारी क्यानले गरेको थियो । त्यसका लागि अमेरिकी भिसाका लागि आवेदन दिए पनि सन्दीपले भिसा पाउन सकेनन् ।


क्लिकमान्डु