सरकारले सन्तुलित बजेट ल्यायोः सांसद विनोद चौधरी



काठमाडौं । सांसद विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निकै सन्तुलित रहेको बताएका छन् ।
राज्यले धान्न नसक्ने खालको बजेट आउने हो भन्ने डर रहेको अवस्थामा बजेट सन्तुलिन आएको बताए । आईटीको क्षेत्रमा बजेटले भने अनुसार काम गर्न सकेको खण्डमा युवालाई रोजगारीको ठूलो ढोका खुल्ने बताए ।

नेपालमा बनेका औद्योगिक ग्राम खाली रहेको समयमा सरकारले निजी क्षेत्रसँग मिलेर कार्यान्वयन गर्छु भन्नु राम्रो रहेको बताए ।
बजेट धेरै तिर छर्नु भन्दा पनि ५ वटा क्षेत्रमा केन्द्रीत हुन्छु भन्ने राम्रो भएको बताए ।

बजेटले साढे १२ खर्ब राजस्व उठाउन लिएको लक्ष्य पुरा नहुने धारणा राखे । ६ खर्बको आन्तरिक र बाह्य ऋण उठाउने लक्ष्य लिनु निकै चूनौतिपूर्ण रहेको उल्लेख गरे ।

ऋण उठाएर साधारण खर्च गर्ने प्रवृति कम हुनुपर्ने धारणा राखे । चौधरीले राजस्व, उद्योग व्यापार बढाउनले नीति लिन सरकारलाई सुझाव दिए ।


क्लिकमान्डु