बढ्यो भ्याटको थ्रेसहोल्ड, वस्तु तथा सेवा कारोबार गर्नेको हकमा ३० लाख पुग्यो



काठमाडौं । आगामी आर्थिक वर्षदेखि वस्तु तथा सेवा दुवै कारोबार गर्नेका लागि भ्याटमा दर्ता हुने थ्रेसहोल्ड बढ्ने भएको छ । मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले वार्षिक ३० लाख रूपैयाँ बराबरको वस्तु तथा सेवाको मिश्रित कारोबार गर्नेले भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेका हुन् ।

यसअघि वस्तु तथा सेवाको मिश्रित कारोबार गर्नको हकमा २० लाख रूपैयाँभन्दा बढी वार्षिक कारोबार गर्नेले अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था थियो । सो बढेर ३० लाख भएको हो ।

यता वस्तुको हकमा ५० लाख र सेवाको हकमा २० लाख रूपैयाँ थ्रेसहोल्ड यथावत् छ ।


क्लिकमान्डु