करदाताले क्यूआर कोडसहितको करचुक्ता प्रमाणपत्र पाउने



काठमाडौं । करदाता स्वयंले क्यूआर कोडसहितको करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा यस्तो सुविधा पाउने प्रणालीको विकास गर्ने बताइएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थामा पेस गरिएका वित्तीय विवरण र कर सूचना प्रणालीमा पेस भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गर्ने उनको भनाइ छ ।

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरेको उनले बताए ।


क्लिकमान्डु