डिजेल र पेट्रोलेको भाउ बढ्ने, आयात गर्दा हरित कर लगाइने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर (ग्रीन ट्याक्स)लगाउने भएको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता अनुसार हरित कर लगाइने बताएका हुन् ।

कर प्रणाली सुधारका लागि गठित समितिले हरित कर लगाउन सुझाव दिएको थियो । सोही सुझावका आधारमा सरकारले पहिलो पटक हरित कर लगाउने तयारी गरेको हो ।


क्लिकमान्डु