नेपाल स्टर्टअप बोर्ड गठन हुने, १ अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले स्टर्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टर्टअप बोर्ड गठन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा उद्यमा युवा सहभागीता बढाउन स्टर्टअप र नवप्रबर्धनको इकोसिस्टम विकास गरी उद्यमशिल वातावरण सृजना गरिने बताए ।

सरकारले स्टर्टअप उद्यमीलाई सहजिकरण र नियमन गर्न स्टर्टअप बोर्ड गठन हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रबर्धनमा प्रवाह गर्न प्रोत्साहन गरिने भएको छ ।

विभिन्न कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डको धितोपत्र इकाइमा लगानी गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।


क्लिकमान्डु