आर्थिक तथा वित्तीय क्षेत्र सुधार आयोग गठन हुने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि आर्थिक तथा वित्तीय सुधार आयोग सुधार गर्ने भएको छ । अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत आगामी वर्ष आर्थिक र वित्तीय क्षेत्र सुधार आयोगमसेत गठन गर्ने घोषणा गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो अवरोधलाई समतिबाट टुंग्याइँदै मंगलबार सरकारले बजेट प्रस्तुत गरेको छ । बजेटमार्फत् आम नागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनाइएको अर्थमन्त्री पुनले बताएका छन् ।

यस्तै आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा पनि सरकारले घोषणा गरेको छ । संसद्‍को दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले शिथिल बनेको अर्थतन्त्र सरकारको निरन्तरको प्रयासबाट चलायमान बनेको बताएका छन् ।


क्लिकमान्डु