बजेटको बिफकेश बोकेका अर्थमन्त्री (फोटोहरु)



काठमाडौं । अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको ब्रिफकेश बोकेर सिंहदरबार पुगेका छन्।

मन्त्रिपरिषद् बैठकबाट पारित गर्ने प्रयोजनका लागि बस्न लागेको बैठकमा सहभागी हुन मन्त्री पुन बजेटको ब्रिफकेश बोकेर सिंहदरबार पुगेका हुन् ।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।


क्लिकमान्डु