बिजुलीको जडित क्षमता २९४० मेगावाट पुग्यो, ‘भारत र बंगलादेश विद्युत् निर्यात सुनिश्चित’



काठमाडौं । नेपालको विद्युत उत्पादनको कुल जडित क्षमता २९४० मेगावाट पुगेको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ९८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको बताए ।

उनका अनुसार विभिन्न समस्याका कारण वर्षौदेखि रोकिएका प्रसारणलाइन र सबस्टेसन निर्माण भएका छन् । जसले उत्पादित विद्युत प्रसारण र वितरणका लागि सहज भएको छ । ‘नेपालमा उत्पादित जलविद्युत् भारत र बंगलादेशको बजारमा निर्यात हुने सुनिश्चित हुने भएको छ ,’ राष्ट्रपति पौडेलले भने ।


क्लिकमान्डु