पौने ४ अर्ब प्रिमियम आम्दानी गर्दा हिमालयन रिको खुद नाफा दोब्बर



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ९३ करोड ११ लाख ८ हजार ८ सय रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर नाफा गरेको हो ।

हिमालयन रिले गत आवको ९ महिनामा ४६ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । कम्पनीले यस अवधिमा २ अर्ब ३ करोड रुपैयाँ कुल प्रिमियम आम्दानी गरेको छ । ९ महिनामा ३ अर्ब ७९ करोड रुपैयाँ यस्तो आम्दानी गरेको कम्पनीले ३० करोडमात्र तिरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी र लगानी तथा कर्जाबाट गरेको आम्दानीसहित ९ महिनामा कुल ४ अर्ब २७ करोड आम्दानी गरेको हो । सोही अवधिमा कम्पनीको खुल खर्च २ अर्ब ९८ करोड छ । बाँकी १ अर्ब २९ करोडबाट ३६ करोड आयकर तिरेर कम्पनीको खुद नाफा ९३ करोड ११ लाख कायम भएको हो ।

९ महिनाको अवधिमा हिमालयन रिको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसा कायम भएको छ । जुन गत आवको यही अवधिको भन्दा ३ रुपैयाँ ५७ पैसा बढी हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार त्रैमास अन्त्यभएको दिनको सेयर मूल्य प्रतिकित्ता ६१० रुपैयाँ २० पैसाका आधारमा पीई रेसियो ४९.१५ कायम भएको छ । यस अवधिमा कम्पनीको नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा छ ।


क्लिकमान्डु