पौडेललाई सचिवमा बढुवा गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय



काठमाडौं । सरकारले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

चैत ८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै नेपाल गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु