धनुषाको हंसपुर नगरपालिकाबाट राजपाको विजयी सुरुवात
काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो खाता राजपाले खोलेको छ ।
राजपाले धनुषाको हंसुपुर नगरपालिकाको मेयर पद जितेको छ । स्थानीय तह मध्ये मतपरिणाम सार्वजनिक हुने हंसुपुर पहिलो हो ।
धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल ३३२० मत ल्याएर जितेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदीपकुमार यादवले ३ हजार २२९ मत ल्याए । उपमेयरपनि राजपाकी रेणु झाले जितेकी छन् ।