सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा होः सांसद सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्यूनतम साझा कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।

मंगलबार (हिजो) सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएकोले त्यसको कुर्न अर्थ नभएको बताए ।

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए । उनले प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई आग्रह गरे ।


क्लिकमान्डु