सुप्रिम सहकारीबाट लिएको ऋण नतिरेपछि राज्यलक्ष्मी महर्जन शाक्यको धितो वैशाख १० गते लिलाम हुँदै



काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले ऋणको सावाँ ब्याज समयमा नै नतिर्ने समयमा ४ जना ऋणीको ३५ दिन भित्र धितो लिलामी गर्ने भएको छ ।

सहकारीबाट ऋण लिने २ जना र धनजमानी बस्नेको समेत ३५ दिन भित्र धितो लिलामी गर्ने सहकारीले जनाएको छ ।
ललितपुर महानगरपालिका– १५, महालक्ष्मीस्थानमा रहेका सहकारीबाट लिएको कर्जाको भाखा नाघेको, साँवा ब्याज नबुझाएको, पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत साँवा व्याज, हर्जाना तथा अन्य दस्तुर बुझाउन आनाकानी गरेको भन्दै धितो लिलामी गर्ने जनाएको छ ।

ऋणीले लिएको कर्जा चुक्ता गर्न आउने सम्बन्धि ३५ दिने सूचना प्रकाशित गर्दा समय सीमा भित्र समेत ऋण तिर्न नआएको हुँदा संस्थामा धितोमा रहेको अचल सम्पत्ती बिक्री गर्न यो ३५ दिने लिलाम बिक्री सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको संस्थाले जनाएको छ ।

सहकारीले ऋणी र धनजमानीको सम्पत्ति लिलामी गर्नुका साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने लगायतका कानुनी कारवाही गर्ने जनाएको छ ।

सहकारीले सूचना प्रकाशित भएको ३६ औ दिन विदा परेमा त्यसको भोलीपल्ट धितोमा रहेको अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने जनाएको छ ।

लिलाम बिक्री गर्दा संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७४ तथा यस संस्थाको विनियमावली २०६७ बमोजिम ऋणी तथा धनजमानी कर्ता सदस्यहरुको अन्य चल अचल सम्पत्तीबाट धितोले नखामेको बक्यौता रकम समेत असुल उपरको लागि कानुनमा व्यवस्था अनुसार अन्य कारवाहीहरु गर्ने जनाएको छ । लिलाम सकार गरी लिन इच्छुकलाई लिलाम प्रकृयामा सहभागी हुन आव्हान गरेको छ । लिलामी नभएमा प्रचलित कानुन बमोजिम संस्थाले आफै धितो सकार गरी लिने जनाएको छ ।

सहकारीबाट काठमाडौं महानगरपालिका १४ की राज्यलक्ष्मी महर्जन शाक्य, काठमाडौं महानगरपालिका २१ का विनित शाक्यले सहकारीबाट ऋण लिएका थिए । किर्तीपुर–०२, काठमाडौंका निरज कुमार श्रेष्ठ धन जमानीकर्ता हुन भने काठमाडौं १० नयाँबानेश्वरका सन्देश बाबु साखकर्मी जमानीकर्ता हुन् ।

सहकारीले ऋण दिँदा राज्यलक्ष्मी महर्जन शाक्यको नाममा मालपोत कार्यालय कलंकी, काठमाडौमा दर्ता कायम रहेको काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका–नं. ०२ सिट नं. १०२११८११० स्थित कि.न. ७४८ र ७५० को क्षेत्रफल ७४.१० बर्ग मिटर र ५३.१० को घर जग्गा रहेको छ । त्यो लिलामी गर्ने जनाएको छ । उक्त धितो लिलामी २०८१ वैशाख १० गते सहकारीको कार्यालयमा हुनेछ ।


क्लिकमान्डु