राप्रपा अध्यक्ष लिङ्देनको कार्यकक्षबाहिर कुटाकुट



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर कुटाकुट भएको छ ।

आइतबार पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरु निस्किने क्रममा कार्यकक्षबाहिर कुटाकुट भएको हो ।

बैठकको निर्णय बारे जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा सहभागी हुन अध्यक्ष लिङ्देनको कार्यकक्षबाहिर रविन्द्र मिश्र, ज्ञानेन्द्र शाही लगायतका नेताहरु निस्किएका थिए ।

त्यसको केही क्षणमै एक पुरुष भाग्दै आएको देखिएको र केही व्यक्तिहरूले लखेटेको दृश्य भिडियोमा देखिएको छ । तर, ती पुरुषको हुन् भन्ने खुलेको छैन ।

कुटपिटको कारण भने खुल्न सकेको छैन ।


क्लिकमान्डु