ठूला भ्रष्टाचारका फाइल खोल्न रवि लामिछानेलाई सहयोग गर्छु, तर खोल्ने आँट हुनुपर्‍यो: प्रसाईं



काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कतिपयले आफूलाई पक्राउ गर्न भन्दै नयाँ गठबन्धनबाट अर्थमन्त्री बनेका वर्षमान पुनका पुगेको दाबी गरेका छन् ।

आइतबार झापाबाट काठमाडौं आएका उनले केही दिनपछि आफू काठमाडौं आउने कार्यक्रम भए पनि आफूलाई पक्राउ गराउन केही गठबन्धनमा धाइरहेको दाबी गरे ।

अर्थमन्त्रीले बैंकको ऋण नतिर्ने र तिर्न नदिनेमाथि कारबाही गर्ने भनेको भन्दै उनले आक्रोश पोखे । बैंक तथा लघुवित्तहरुले ठगीरहेको भन्दै आफूले त्यस विषय उठाएको दाबी गरे ।

माओवादीले शसस्त्र द्वन्द्वका क्रममा पनि सर्वाहारा र भुँइमान्छेको हीतको माग उठाएको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुका लागि काम गर्न नसकेको बताए ।

‘जनयुद्ध सुरु गर्दा सर्वाहारा र भुइँमान्छेका माग उठाउनु भएको हो तर सर्वाहारको छाला छिलेर जुत्ता लगाउने ?’ उनले भने ।

सर्वाहारा र भुँइमान्छेको आवाज उठाउँदा आवाज उठाउनेमाथि कोही खनिए पनि आफू निरन्तर लडिरहने उनले बताए ।

आफूले देश ठग्ने १ हजार परिवार पत्ता लगाइसकेको र उनीहरुको नाम चाँडै सार्वजनिक गर्ने उनले बताए ।

चैत १ गते आफूले देश ठग्ने तस्करहरुको तस्बिर सार्वजनिक गर्ने उनले बताए ।

दुर्गा प्रसाईंलाई पक्राउ गर्नै गठबन्धन बनेको भए आफूले केही नभन्ने उनले बताए ।

गृहमन्त्री रवि लामिछानेले ठूला भ्रष्टाचारको फाइल खोल्ने हो भने आफूले सहयोग गर्ने उनले बताए । तर त्यसका लागि आँट गर्नुपर्ने उनको भनाइ छ ।
‘रवि जीले फाइल खोल्ने हो भने म सहयोग गर्छु,’ प्रसाईंले भने, ‘तर फाइल खोल्ने आँट गर्नुपर्‍यो नि ।’

प्रसाईंले आफूलाई थुन्नुभन्दा पहिला बैंक, लघुवित्त, सहकारी ठग, सुन तस्करी नक्कली नोटको कारबार गर्ने तस्कर माडबारीहरुलाई थुन्ने पर्ने उनले बताए ।

‘बाँसबारीको जग्गा, बालुवाटारको जग्गा, बालमन्दिरको जग्गा खाएका छन्,’ उनले भने, ‘मलाई पहिला थुन्नु भन्दा पहिला उनीहरुलाई पक्राउ गर्नु परो ।’

आफूले ७ दिनमा जीबी राईलाई ल्याइदिने उनले दाबी गरे ।


क्लिकमान्डु