रास्वपाले टुंग्यायो चार मन्त्रीको नाम, रविको भागमा के ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ ।

रास्वपाको भागमा चार वटा मन्त्रालय परेको छ । त्यसका लागि मन्त्रीको टुंगो लगाएको बताइएको छ । आज बसेको कार्यदलको बैठकले गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यो सँगै रास्वपाले अध्यक्ष रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री, डीपी अर्याललाई श्रम, सुमना श्रेष्ठलाई शिक्षा र युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । अर्यालले यसअघि नै बिना विभागीय मन्त्रीमा सपथ लिएका छन् ।


क्लिकमान्डु