अमेरिका उड्नु अगाडि देउवाले २ मन्त्री थप्ने



काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल सदस्य थप्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट बिराज बिष्ट र कमला शर्मालाई राज्यमन्त्रीको सपथ खुवाउने तयारी छन् ।

बिष्ट विज्ञान तथा प्रविधिमन्त्रीमा र शर्माले बनराज्यमन्त्रीको जिम्मेवारी पाउने छिन् ।

देउवा सरकारमा अहिलेसम्मकै ठूलो ५६ सदस्य मन्त्रीमण्डल पुगेको छ । यसभन्दा अगाडि ठूलो मन्त्रीमण्डल बनाउने रेकर्ड २०५२ सालमा देउवाको नाममा थियो ।


क्लिकमान्डु