मन्त्रिमण्डल पुनर्गठन: तीन मन्त्रीले लिए सपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्‌का तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका दलसँग नयाँ गठबन्धन गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सपथमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।


क्लिकमान्डु