सर्वोत्तम सिमेन्टको आईपीओमा ५ करोड ३६ लाख कित्ताका लागि पर्यो आवेदन



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण ससेयर (आईपीओ) मा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँको आवेदन परेको छ ।

आज साँझ ५ बजेसम्म १० लाख १२ हजार ३८४ जना आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि फागुन १३ गतेदेखि २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको थियो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु