सांसद यादवको प्रश्न: जिवि राईलाई किन पक्राउ गरिएन ?



काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विरगञ्जको सानो पाइला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए । उनले वीरगञ्जवासीले प्रहरीमा उजुरी दिएपनि हालसम्म छानविन अगाडी नबढेको बताए । उनले राईले बिनाधितो वीरगञ्ज बाहिरका ७५ जनालाई ९४ करोड रुपैयाँ दिएको पनि बताए । उनले हालसम्म प्रहरीले जिवि राई लगायतलाई किन पक्राउ गरिएन भनेर प्रश्न समेत गरे ।

उनले राई लगायत सहकारी संस्थामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए ।


क्लिकमान्डु