समरजंग कम्पनीबाट गुठी र मोही कायम गरिएका सबै जग्गा फर्ता ल्याउने विशेष अदालतको फैसला



काठमाडौं । विशेष अदातलले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीबाट गुठी र मोही कायम गर्दै दिइएका सबै जग्गा फर्ता ल्याउने फैसला गरेको छ ।

लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार ललिता निवास प्रकरणमा फैसला गर्दै समरजंग कम्पनीबाट गुठी र मोही कायम गर्दै दिइएका सबै जग्गा फिर्ता ल्याउन फैसला गरेको हो ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा समरजंग कम्पनीको माध्यमबाट गुठी र मोही कायम गरेर जग्गा दिने काममा संलग्न गुठी संस्थानका आरोपी कर्मचारीलाई १ वर्ष कैद र जनही ४१ लाख रुपैयाँ जरिवानाको फैसाला गरेको हो ।


क्लिकमान्डु