श्री एयरको जहाजमा समस्या, इन्धन सक्न काठमाडौंको आकाशमा घुमाइँदै



फाइल तस्बिर

काठमाडौं । श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको जहाजको फ्ल्यापमा समस्या आएपछि आकस्मिक आवतरणको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार उक्त जहाजमा समस्या आएका कारण इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएकोले अहिले काठमाडौं माथिको आकासमा उक्त विमानस्थलले परिक्रममा गरिरहेको छ ।

विमानस्थल कार्यालयका अनुसार चालक दलले आकस्मिक अवतरणको अनुमति मागेकोले सो अनुसार तयारी अवस्थामा बसिएको छ ।


क्लिकमान्डु