सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोता ५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।