माछापुच्छ्रे बैंक लिमिटेडको माछापुच्छ्रे महोत्सब




काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो १७ वर्ष पुरा गरी १८औ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा माछापुच्छ्रे महोत्सब सञ्चालन गरिरहेको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ्गकारोबार शुरु गरेको यस बैकले हाल ६२ वटा शाखाकार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटा शाखा रहित सेवालगायत ८१ वटा एटिएमबाट देशभरीका ५लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

महोत्सबलाई मध्यनजर गर्दै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड, कर्जा सेवाशुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे मोबाइलमनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुटलगायत बिभिन्न सरप्राइज गिफ्टहरु प्रदान गर्ने जनाएको छ ।

महोत्सव भाद्र १ देखि शुरु भएको र असोज मसान्तसम्म जारी रहने बताएको छ ।


क्लिकमान्डु