सहकारी ठगी प्रकरण: जीबी राईविरुद्ध इन्टरपोलले जारी गर्यो डिफ्युजन नोटिस
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो ।
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन् । उनी ति देशमा फेला परेपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।
ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जिबी राईविरूद्ध कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।