बिमा प्राधिकरणले ल्यायो आईआरएमआईएस सम्बन्धी मार्गदर्शन, सबै बीमकको सूचना एउटै पोर्टलमा राखिने



काठमाडौं । बिमा प्राधिकरणले बीमकको सूचना र्पोटलमा एकीकृत गर्ने व्यवस्था गरेको छ ।

प्राधिरकणले बीमकसँगको सूचना तथा तथ्यांकमा पारदर्शिता ल्याउनका लागि इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्भफरमेसन सिष्टम (आईआरएमआईएस पोर्टल ) सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले आईआरएमआईएस सम्बन्धी मार्गदर्शन–२०८० जारी गर्दै बिमा तथा पुनर्बिमा कम्पनीलाई सो पोर्टलमा अनिवार्य जोडिनुपर्ने व्यवस्था गरेको हो ।

मार्गदर्शनअनुसार प्राधिकरणले माग गरेका तथ्यांकहरु बिमा कम्पनीहरुले सोही पोर्टलमा प्रविष्ट गर्नुपर्ने छ । यसका लागि प्राधिकरण र बीमक कम्पनीका लागि छुट्टै आइडि बनाइने व्यवस्था छ । बिमा प्राधिकरणका अनुसार बीमकले पोर्टलमा लगइन गरेर आवश्यक सूचना तथा तथ्यांक लिन र दिन दुवै पाउने छन् ।

प्राधिकरणले आईआरएमआईएस पोर्टलबाट प्रविष्ट गरिएको तथ्यांक वास्तविक नभएमा वा गतल तथ्यांक प्रविष्ट गरेमा प्राधिकरणले पोर्टलबाटै हेरेर कारबाही गर्न सक्नेछ ।


क्लिकमान्डु