न्यूरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध गर्ने तयारी, विकल्पमा काठमाडौँ टावर



फाइल तस्बिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ ।

महानगरले न्युरोडको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइने जनाएको छ ।। यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

तयारीका विषयमा जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भने, ‘भोलिदेखि पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसबाट सवारी आवागमन सहज हुनेछ ।’

उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकलगायत कालोपत्रे सबै सडकमा पार्किङ् निषेध गरिनेछ ।

यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन सकेको छ ।


क्लिकमान्डु