मन्त्रिपरिषद् बैठक: कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई



काठमाडौं । मन्त्रिपरिषद्ले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार युगान्डा जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो ।

प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ ४ युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन् । उनी बिहान २:१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


क्लिकमान्डु