गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने एक जना पक्राउ



काठमाडौं । गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् ।

अदालतबाट बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती (गौशाला-२६) भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्ने युवक पक्राउ पर्ने हुन् ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई रहेको प्रहरीले जनाएको छ । प्रहरीको साइबर ब्युरोले उनलाई संखुवासभाबाट बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो ।

बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा उनीविरुद्ध मुद्दा अगाडि बढाइने प्रहरीको तयारी छ ।

केही दिन अघि फोटो सार्वजनिक गरेको भन्दै साइबर ब्युरोमा जाहेरी परेको थियो ।


क्लिकमान्डु